पढ्दा ध्यान गरेसरह हुन्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा लेखक धनराज गिरी

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
२०२५ सालदेखि।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
आनन्दानुभूति त ज्ञान र सूचना प्रदान गर्छ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
समयको पाबन्दी छैन। जतिखेर पनि।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
परमानन्द। ध्यान गरेसरह।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
सबै रङ्गका! आँसु साहित्य होइन।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
आमूल परिवर्तन ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजी। आदत।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
लेख्छु पनि, र लेख्न व्यूत्पन्न चाहिन्छ।

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
त्यस्तो केही छैन। म स्वाधीन छु।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
धेरै धेरै,अक्सर म लेखकसित नै बहस गर्छु।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
छानेर, बुझेर पढ्ने, मन लगाएर। हल्लाको पछि कुदेर होइन।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
यो बुझाउने होइन, बुझ्ने कुरा हो। अलिअलि वकालत गरिन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button