
मेरो सबै सबै उनी

उनी
सञ्जय देवकोटा
जिवजिवे, रसुवा
मेरो सफलताको परिचय उनी
मेरो घाउको ओखती उनी
मेरो आशा, मेरो भरोसा, मेरो मेरो सबै उनी ।
चञ्चले छिन् उनी, लजालु छिन् उनी
बेलाबेला कर्के नजर म तिरै लगाइरहन्छिन् उनी
बोलीमा मिठास छ उनको ,आँखामा नशा छ उनको ।
लामो केस छ उनको, बाटुलो फेस छ उनको
चिने पनि नचिने जस्तो गरी बोलाउँछिन् उनी
मेरो सफलताको सूत्र उनी,
मेरो आशाको केन्द्र हुने मेरो सबै सबै उनी ।
नशालु ती आँखाले हेरिरहन्छिन् उनी
बेलाबेला आँखा छोपेको केस मिलाइरहन्छिन् उनी
थाहा छैन के छ उनमा त्यस्तो
पाउन सकिन उनको भाव कस्तोकस्तो
खैर केही छैन
नशालु आँखामा डुब्छु म उनको,
सुमधुर भाकामा झुम्छु म उनको मेरो सबै सबै उनी ।
चिर परिचित भए पनि याद आइरहन्छ उनको
कहिले सपनामा डुब्दै लगाइदिन्छु हार सुनको
तैपनि
सुनमा सुगन्ध छ उनको,
मनमा विकराल भाव छ उनको
त्यसैले त मेरो सपना उनी मेरो बिपना उनी
मेरो जीवन मेरो सबै सबै उनी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



