छुटेका कुराहरु

सुशील लामा

जीवनका उकालीओराीमा
हिड्दाहिड्दै, दगुर्दादगुर्दैँ
धेरै धेरै थोकहरु छुटेछ ।

जुनीसँगै जोवन जोहो गर्दागर्दै
अनुभवबिना नै छुटेछ
तन्नेरी युवा अवस्था ।

ऎश्वर्यको पछि लाग्दालाग्दै
आफू जन्मेको गाउँ छुटेछ
आफू हुर्केको आँगन छुटेछ
आफूसँगै हुर्केको
बालसखीहरु छुटेछन् ।

के के छुटे के के
छुट्ने क्रममा
आफ्नाहरु छुटे
पराईहरु छुटे
मित्र, ईष्ट, गुठियार, दुश्मन ।

केके छुटे केके
छुट्नु, भेट्नु ,कुर्नु, कुराउनु
यस्तै त्यस्तै ।

अनगिन्ती परिवेशको कोहोलोहरुको
अनुभव बटुल्दै सोर्दै थुपार्दै
हिँड्दाहिड्दै
एक दिन आफ्नै हो भन्ने
आफ्नै तन, मन, जीवन
छुटेर जाने छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button