मन

सुशील लामा
पाँचखाल-११, काभ्रेपलान्चोक, हालः लिमासोल, साईप्रस

तिमी
धेरै सय दिनअगाडि
निर्जीव चोयाको कोक्रामा अबोध बालक
बनी सुतिरहेको बेला म उस्तै थिए ।
थुप्रै हजार दिनपछि
समयको छिनाले छियाछिया
पारेको तिम्रो बूढो जिन्दगीभित्र पनि म उस्तै छु,
तिमीले कहिले मलाई अत्यधिक खुशी बनायौ ।
तर, म पुलकित हुन जानिनँ
कहिँले चाहिने भन्दा बेसी दुखी तुल्यायौ ।
र, पनि कहिल्यै मैले गुनासो पोखिनँ ।
म त मन हुँ ।
तिम्रो दृष्टिमा अटेको सृष्टीमा होइन
बाठा मान्छे हरुको बस्तीमा होइन
तिमीले बनाएको देवताको मन्दिरमा पनि होइन
म त तिम्रो जिउँदो जीवनको
आत्मासँगै रहिरहने
अदृश्य मन हुँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button