
आफैले आफैलाई माया गर्छु

प्रतिविम्ब
अनु अर्याल
धनगढी, कैलाली, हाल: चितवन
आधुनिक जमाना यो
कस्तो, बुझेर पनि अबुझ बन्नु पर्ने
यहाँ आफ्ना भोगाइ पनि ताैलिँदै भन्नु पर्ने
समाज हरेक पल्ट मलाई नै खोट निकाल्दै
अपमान गर्न खोज्छ तर पनि
मैले आफूले आफूलाई सम्मान गर्छु
त्यति मात्रै कहाँ हो र
मैले आफैँले आफैँलाई माया गर्छु।
सधैँ बोलाउने कोही नहुन सक्छ यहाँ
म स्वयं आफैँसँग बोल्छु।
सुनाउनका लागि अथाह शब्द त छन् मसँग।
म आफैँलाई सुनाउ छु ।
समाजले दिएका निति नियमहरूमा
आफ्नो स्थान खोज्दै
म आफैँले आफैँलाई बुझ्न खोज्छु।
जीवनको उतारचढावसँगै गुनासो हुन्छ
मलाई त्यसैले म आफैँले आफैँलाई प्रश्न गर्छु।
मेरो प्रश्नहरुमा तर्क नहुन सक्छ अरूका लागि
म आफैँ स्नेहपूर्ण भावना बटुल्दै
आफैँले आफैँलाई उत्तर दिन्छु।
सोचे जस्तो भएन भन्दै कुनै पल
म आफैँले आफैँलाई दुखी बनाउँछु।
समय एकनास कहाँ छ भन्दै
म आफैँले आफैँलाई हसाउँछु।
यति मै कहाँ सिमित छ जीवन
यो त एक अमुल्य प्रतिविम्ब भित्रको म !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)