
माया कति गरुङ्गो !

लक्ष्मी मैनाली
यो स्नेह
माया
ममता
र
आत्मीयता पनि
कति गरुङ्गो हो?
कति फराकिलो हो?
न त ढक राखेर
तराजुमा जोख्न सकिने
न त
मिलिमिटर, मिटर र किलोमीटरमा
नाप्न सकिने
यस्को
दुरि, आयतन र परिधि पनि
कति फराकिलो।
कति दुर अनि सुदुर हो?
क्षितिज भन्दा पर
आकाश भन्दा माथी
यो माया प्रेम र स्नेह कति
गरुङ्गो हो?
भो मलाई नजोख्नु
कतै
म हलुँगो भएर
तौल मापक अंकगणितमा देखिन सकिन भने?
भार थेग्न नसकी
समुद्रमा चुर्लुम्म पनडुब्बी झै डुबे भने!
उचाइमा पुग्दा नपुग्दै
गर्ल्यामगुर्लुम भासिय भने
र पहिरो बनेर पहिरिय भने!
समुद्रको किनारमा
वार पार भएर हराय भने?
म भित्र रहेको
मेरो अस्तित्व पनि
कण कणमा परिणत हुदै
ध्रुवीय गोलार्धमा
आकर्षण र बिकर्षणमा
विखण्डित भएर हराए भने?
तेसैले
भो मलाई
मेरै हालमा रहनदेउ
तिम्रो माया प्रेम र स्नेहको समीप मलाई आउन नदेउ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



