गीतहरूमा बाँचेको आत्मा

स्मारीका पाण्डे

“एउटा मान्छेको माया” कहिलेकाहिॅ “स्वर्गकि रानी” नै भए पनि पूर्ण नहोला तर “माया त माया हो” त्यसैले जीवनमा भावनाको माहासागरले गहिरो मोल बोकेको हुन्छ। त्यसैले त, संगीतको बोल निकै शक्तिशालि र प्रचलित छ। गितहरुको विशेषता केवल शब्द र सुरहरूमा सिमित हुदैंन र नारायण गोपालका गितहरूमा यी कुराहरु प्रस्टै झल्किन्छन्।

“तिमीलाई देखेर केहि होला कि झैं लाग्छ” किनकि मानिसको यो मन फेरेर “म त लालिगुरासॅ भएछु” तिम्रा “गाजलू ति ठूला ठूला आखॅा” ले मन्रमुग्द भई संगीतको हरेक बोलमा जीवनको पल जोड्न र महसुस गर्न पुगेछु। प्रतेक गितमा एउटा सन्देश दिई नारायण गोपालले जीवनका कथा, मानिसका भावना, र नेपाली आत्माको प्रतिबिम्ब गर्छन् र संगीतद्वारा प्रेम, पीडा, र जीवनको विविध रंगहरूलाई चित्रण गर्छन्।

भावनाका मिठा अभिवादन, प्रेमका न्यानो स्पर्श, विछोडका चिसा हावा र स्मृतिका सुमधुर तृषणा मेटाउने नारायण गोपालका संगीत विभिन्न पुस्तामा प्रचलित छन्। उनका गीतहरूको शीर्षक केवल शब्दहरू होइनन्; ती उनका जीवनका फाँटहरू हुन्। प्रत्येक शीर्षक एउटा प्रतीक हो, जसले नारायण गोपालको सांगीतिक र व्यक्तिगत यात्रालाई व्याख्या गर्छ।

उनले गाएका गीतहरूले जीवनको कुनै न कुनै कथा बोल्छन्। नारायण गोपालका लागि, संगीत “तिमीलाई भेट्न” जस्तै थियो—दूरीमा बाँच्ने, तर सधैं आत्मामा जोडिएकोः र आजसम्म पनि, स्वर सम्राट-नारायण गोपालले गाएका गीतहरूले “यो सम्झिने मन” हरकोहीमा छोडिदिन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button