हरेक गीत कालजयी, हरेक शब्दलाई जीवन्त तुल्याउने जादुगर

दुर्गा कार्की

नारायण गोपाल हरेकका मन मुटुमा बस्न सफल गायक । उनका हरेक गीतहरु कालजयी । हरेक शब्दलाई जीवन्त तुल्याउने जादुगरी आवाज । उनका सबैजसो गीत मानिसहरुले सहजै गुन गुनाउन सक्छन् । नेपाली साङ्गीतिक आकाशका उनी जाज्वल्यमान नक्षत्र । उनी नेपालभित्र मात्र नभएर नेपालबाहिर पनि नेपाली गीत सङ्गीतलाई फिजाउनुपर्छ भन्ने धारणा राख्दथे ।

उनको स्वरले मोहित पेमला लामाले प्रेम प्रस्ताव राखी विवाहमा दुबै बाँधिएका थिए यद्यपि यो जोडी निसन्तान थिए । दार्जिलिङ्गका गोपाल योन्जनसँग उनको मितेरी साइनो थियो । दुबैजना गीत र सङ्गीतमार्फत एकसाथ सहकार्य गर्दै अघि बढेको पाइन्छ । क्षेत्रप्रताप अधिकारीको म त लालीगुराँस भएछु, हरिभक्त कटुवालको पोखिएर घामको झुल्का भरी संङ्घारमा आदि लागायत सयौँ उनका गीत कालजयी बनेर स्थापित भएका छन् ।

जस्तोसुकै गीत पनि उनको जादुमय आवजमा अत्यन्त कर्णप्रिय !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button