यदि प्रेम खोला झै एकतर्फी भएको भए के त्यो फेरि फर्कन्थ्यो ?

स्मारीका पाण्डे

यदि प्रेम खोला झै एक तर्फि भएको भए,
के त्यो फेरि फर्कन्थ्यो?
कि सधैका लागि बहेर जान्थ्यो
र कतै टाढा समुन्द्रमा मिसिन्थ्यो ?

यदि प्रेम समय भएको भए,
के त्यो पल फेरि बाचॅ्न सकिन्थ्यो ?
कि त्यो समय सधैका लागि हराउथ्यो
र त्यसलाई विगत भनिन्थ्यो ?

यदि प्रेम बोलिएको वाणि भएको भए,
के त्यसको चोट ठिक पार्न सकिन्थ्यो?
कि त्यो सधैका लागि गाडिएर बस्थ्यो
र त्यसको घाउॅ मनमा चुबिरहन्थ्यो ?

यदि प्रेम बिभिन्न ऋतु भएको भए,
के त्यो बसन्तमा फूलेको फूल झैं रंगीन हुन्थ्यो?
कि त्यसलाई शिशिरको रूखोपनले छुन्थ्यो
र रूखका झरेका पात झैं उदास र सुख्खा रहन्थ्यो?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button