गजल बारी तिमी र म बनेर बाँचिरहने छ प्रिय

कविता

एकता के.सी. (प्यूठानी)
महालक्ष्मी-१ इमाडोल, ललितपुर

म गजलको बारीमा हुन्छु
तिमी खोज्दै आउँनु प्रिय !
तिमी र म मिलेर
खनजोत गरी
गजललाई रोपेर उमार्नु छ
हुर्काउनु छ बढाउनु छ
मायाको स्पर्श
न तिमीलाई मन पर्दैन
न मलाई मन पर्दैन
न जो कोहीलाई मन पर्दैन
त्यसै गरी
न गजल बारीलाई नै
मन पर्दैन
गोडमेल गरी गरी
गजल फुलाउँला फलाउँला
जब पाक्छ
तिम्रो र मेरो नाममा
उनेर सजाउँला
त्यो बेला
तिम्रो र मेरो आँखामा
खुशी नाची
आनन्दले राज गर्ने छ
दुई मुटु एक धड्कनमा
मिसाएर श्वास फेरौंला
कुनै दिन प्राण अन्त्य
त हुन्छ नै
तर
तिम्रो र मेरो पसिनाको
गजल बारी
तिमी र म बनेर
बाँचिरहने छ प्रिय !!

कविता

एकता के.सी. (प्यूठानी)
महालक्ष्मी-१ इमाडोल, ललितपुर

म गजलको बारीमा हुन्छु
तिमी खोज्दै आउँनु प्रिय !
तिमी र म मिलेर
खनजोत गरी
गजललाई रोपेर उमार्नु छ
हुर्काउनु छ बढाउनु छ
मायाको स्पर्श
न तिमीलाई मन पर्दैन
न मलाई मन पर्दैन
न जो कोहीलाई मन पर्दैन
त्यसै गरी
न गजल बारीलाई नै
मन पर्दैन
गोडमेल गरी गरी
गजल फुलाउँला फलाउँला
जब पाक्छ
तिम्रो र मेरो नाममा
उनेर सजाउँला
त्यो बेला
तिम्रो र मेरो आँखामा
खुशी नाची
आनन्दले राज गर्ने छ
दुई मुटु एक धड्कनमा
मिसाएर श्वास फेरौंला
कुनै दिन प्राण अन्त्य
त हुन्छ नै
तर
तिम्रो र मेरो पसिनाको
गजल बारी
तिमी र म बनेर
बाँचिरहने छ प्रिय !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button