म तीज किन मनाऊँ ?

विञ्जु महत

सानो छँदा तीजको अर्थ
चुरा, टिका, रातो रंग अनि शिवजीको पूजासम्म मात्र थाहा थियो
तर मेरो विवाहपश्चात
तीजको अर्थ यथार्थ रुपमा थाहा पाउँदा
मेरो मनमा हजारौ प्रश्नहरु आउँछन्,
अनि मुटु भक्कानिएर आउँछ
सायद सबैलाई यस्तो हुँदैन होला
हुने रहर पनि त भएन ।

म साया
मंसिर १५ गेट मेरो गोत्र फेरिएको दिन भन्छन् यि सबै समाजमा रहने हरेक मान्छेहरुले, मेरा आफन्तले, मेरो आफ्नै बाबाले ।

त्यो दिन उज्यालै थियो, चारैतिर खुशीको माहोल छाएको थियो
चाडबाडमा सबैभन्दा ठुलो चाडपर्व नै आए झै लाग्दै थियो मलाई पनि
किनभने मलाई माया गर्ने, मेरो राम्रो चाहनेहरु हाँसीखुसी मलाई आशिर्वाद दिन आउनु भएको थियो

उहाँहरुले दिनुभएको आशिर्वाद
मेरो निधारमा लागेको टिकाहरु मेटिन जातिका दिन लाग्यो
हो, त्यतिका महिना पनि त्यो खुशी, आशिष टिकेन नि आमा
त्यो आशिष त लाग्दै लागेनछ बाबा ।

मलाई जीवनभर हसाउँछु,
फूलैूलको बगैंचामा राख्छु भन्ने तिम्रो ज्वाइँको वचन थियो नि दाजु
हो, त्यही वचन त २ महिनामै आँसुको बाडी
अनि काडॉंको सहरमा पो परिवर्तन गर्देछन् हेर त बहिनी, तेरो भिनाजुले ।

श्रीमान सँधै दाहिने रहनु हुन्छ भन्नु भएको थियो मेरो विवाह गराउने पण्डितले
तर उही श्रीमानले आफ्नो दाहिने हातले मेरो केशका लुछालुछा तान्दै सजाउनु हुन्छ,
मेरो घाँटीमा हरेक एकादशीको रात
डोरीको माला पनि लाउन बाध्य बनाउनु हुन्छ भन्न चाहिॅं बिर्सनु भएछ नि गुरु हजुरले !

मेरो प्रिय रंग अब मलाई
तेजाबमा घुलेर बनेको जस्तै लाग्न थालेको छ,
जुन दिनबाट मेरो खाली सिउॅंदोमा रंगियो
मैले फर्ने हरेक सासले मलाई भन्ने गर्छ
मलाई यो दुर्गन्दगीमा बस्न नदेऊ

अब पनि केहि जान्नू छ समाज, मलाई तीज किन मनपर्दैन ?
कि जसरी म रातो सारी, टिकिया, रातै रंगमा रंगिएकी थिएँ
हो, त्यसैगरी, तिम्रो अगाडि आई मेरो श्रीमानको घरको बाटो हैन
मलाई चिहानको आलि देखाइदेऊ भन्दै
राँको लाउदै हिँडेको हेर्न मन छ तिमीहरुलाई ?

लौ, बुझाऊ अब मलाई
म तीज किन मनाऊँ ?
म तीज किन मनाऊँ ?
कस्को लागि रातो रंग आफ्नो शरीरको हरेक अंगमा सजाऊँ ?
कस्को लागि रमाऊँ ?

लौ, बुझाऊ अब मलाई
म तीज किन मनाऊँ ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. लौ, बुझाऊ अब मलाई
    म तीज किन मनाऊँ ?
    म तीज किन मनाऊँ ?
    कस्को लागि रातो रंग आफ्नो शरीरको हरेक अंगमा सजाऊँ ?
    कस्को लागि रमाऊँ ?

    लौ, बुझाऊ अब मलाई
    म तीज किन मनाऊँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button