स्कुलका साथी सम्झँदा मात्र पनि मज्जा !

साथीहरुको सम्झना

लक्ष्मी बडाल

स्कुल पढ्दाका धेरै यादगार साथीहरु हालसम्म पनि भेट्न् सकेकी छैन । मलाई औधी माया दिने प्यारी राधा दाहाल । उहाँ मसँग पढ्दा बागमतीमा बस्नु हुन्थ्यो । उहाँलाई सम्झँदा म आफ्नो कहालीलाग्दो अतीत सम्झेर झस्किन्छु । यति माया दिने मेरा आदर्शवादी प्रिय साथी । उहाँ पढ्नमा निकै जान्ने । मलाई दिक्क लागेर आउँछ, यो बेलासम्म साथमा साथीको स्पर्श न पाउँदा ।

साथीसँगै मेरो दुखद समयका कुराहरु । ख्यालख्यालमै व्यतीत हुन्थ्यो । कक्षामा पनि सँगै बस्थ्यौँ । उहाँ नआउन्जेलसम्म कक्षा कोठामा मलाई कालो बादल मडारिएजस्तोे । घडी हेर्दाहेर्दै आँखा धमिलो हुन्थे ।

जब कक्षा कोठामा उहाँको आगमन हुन्थ्यो मेरो चञ्चल मन उसैसङ्ग कोमलता बन्थियो१उहाँ मलाई धेरै राम्री लाग्नु हुन्थियो । हसिलो मुहार गोरो छाला अल्गी पातली बोलिरहने खाले हुनुहुन्थियो कहिल्यै रिसाउनु हुन्न थियो अनि भन्नू हुन्थियो हामी साथी साथी मिलेर हाम्रो नाम अर्कै राख्ने है यो हाम्रो कक्षाको नाम बाट हामी न बोलाउ है भनेर १अनि हामी सबै साथीले हुन्छ भनेका थियौ उहाँले हाम्रो नाम पनि राखिदिनुभएको थियो आफ्नो समेत१हामी कक्षामा धेरै साथीहरु थियौ ।

सबै त म सम्झ्न सक्तिन मलाई कुनै कुनैको मात्र याद छ अर्को जुन मिलनसार साथी देवकुमारी मिक्चन उहाँ पनि मेरो तराईको साथी हुनुहुन्छ उहाँलाई सम्झ्दा मेरो मनभित्र ज्यादै चर्को भावुकता आउँछ मेरो किसोरावयको ।

आज मैले सम्झ्दा म उहाँको घर पुगेर उहाँले आफ्नो घर परिवार चिनाउनु भएको सबै र उहाँका व्यवहारिक कुराको याद । पानीजस्तै सङ्गलो बनेर आउँछ मलाई आफू सानी भए पनि मेरो निम्ति खाना पिना आफैले तयार पार्नु भयो त्यो अविस्मरणिय क्षण न विर्सने रहेछ हाम्रो आत्मियता र सच्चाई ।

आफूभित्रै जलिरहेछ आफ्ना घनिष्ठ यारहरुसङ्ग विवसतामा न मिठोसङ्ग मुस्कुराउनुपर्दा वा वास्तविकतामा दुस्खी हुनुपर्दा । म त कल्पना गर्छु आफ्नो गलत मानसिकताका कारण जलीरहनु परेको छ अहिलेको यो आधुनिक युगमा पनि । मिठो बोली बोल्ने साथीहरुको हृदयमा जेजस्तो पिडामा परेपनी वस यति नै हो ।

अर्को साथी भोगेन्द्र केसीको पनि धेरै याद आउँछ । उहाँ परीक्षा आउँदा परीक्षामा यो यो आउँछ राम्रोसँग पढ्है भन्नू हुन्थियो । कक्षामा खुवै हसिलो मुहार लगाउने मिठोसङ्ग बोल्ने, नराम्रो व्यवहार कहिल्यै नगर्ने स्वभावको हुनुहुन्थ्यो । पढ्न पनि खुवै जान्ने हुनुहुन्थियो । हामीसङ्ग सधै कक्षामा कोठामा धेरै राम्रा सिद्धांतका कुराहरु हुन्थे । उहाँलाई पनि एकताका धेरै बर्षपछि मलाई मेरी बुहारीले विरामी पर्दा जाँच्न् लैजादा भेट्न् सफल भएकी थिए । उहाँले मेरो राम्रोसङ्ग उपचार गरिदिनु भयो र मलाई चिन्छौ हेर हाम्रो ३० बर्ष पछि भेट् भयो तिमी जस्ताको तस्तै केही परिवर्तन भएन छौ भन्नू भयो । मनमा धेरै खुशी लाग्यो । आफ्नो प्यारो साथी डाक्टर भएर आफुलाई उपचार गरेको पाउँदा । आहा निकै सफा हृदयको मेरो साथी भोगेन्द्र केसी ।

हामीहरु एउटा संसारमा बसेर पनि कोहि टाढा कोहि नजिक भएता पनि आँखाले उज्यालो सपना हाम्रा अनुरागका भाषामा बोलिरहेछ
मनको गोधुली साँझ पर्खिरहेछ आफुलाई नियालेर
यो गर्मियाम बिर्सेर चिसो रात पर्खन
अनि आफ्नो आँखाले
सवै साथीहरुको छवि देख्न
सधैं छट,पटिएको छ यो स्वास ।

मेरो मन एकदमै घुर्मैलो भएको छ परिश्रमको सामना गर्दा यो आफुलाई मात्र मनभित्र यस्तो कडा परिश्रम गर्नु परेको छ की या सबै साथीहरुलाई परिरहेको छ नेपाल या विदेशमा बस्नुहुने साथीहरुलाई पनि आफ्नो साथी भेट्नलाई । गाउँ बेशीको पनि झल झली याद आउँदा जिन्दगीका पानाहरु कसरी पल्टिँदा र पल्टाएर हेर्दा मलाई किन किन लाज लागेर आउँछ यो आफ्नो मन पनि कता कता भित्रैबाट भुमरीमा पसेर विलाए जस्तो ।

मेरो इच्छा अझै पटक पटक साथीहरु भेट्न् झन् झन् जाग्दै छ मनभरी चाहना भएर मेरो मन स्थिर भएर । मेरो अर्को एउटा साथी झन उहाँको साथमा रहदा बस्दा अनि मिठा जिन्दगीका त्यो किस्वारावस्था त्यो आँखामा अति झरिलो भएर आउँछ प्यारा साथी सुखिपोखरीको लक्ष्मी श्रेष्ठ । अचम्म लाग्छ हामी कति मिल्थियौ सङ्गै बस्ने सङ्गै खानी सङ्गै पर्खेर भए पनि स्कुल जाने हाम्रो घरमा उहाँ पुग्ने म उहाँकै घर पुग्ने बजारमा किन मेल गर्न जादा सङ्गै जाने हामी अत्यधिक एकआर्कामा आकर्षक नै हुन्थियौ१हामी एक ठाउँमा भएनौ भने मुटु एकदमै धढकिन थाल्थियो१हामी एकआर्का बिना बाच्दैनौ जस्तो लाग्थियो त्यतिमात्र होर हामीले मितेरी साइनो पनि जोडेका थियौ रह्दा बस्दा समयले हामीलाई कहाँ पुर्यायो हाल सम्म चिन्न सकेको छैन साथै देख्न पनि पाएको छैन त्यो किस्वरावस्थादेखि नै । मेरो मुटुको ढुकढुकिमा मायालु भएर बस्नु भएको छ हालसम्म छिटो छिटो भेट्ने अभिलाषामा ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button