बाँकी रहेको मुटु बेच्न चाहन्छ

लक्ष्मी पाठक

मध्यरातमा निन्द्रालाई बन्धक राखेर
उ एकनास सडकसँग गुनासो गरिरहेछ
चारैतिर निदाएको यो शहरसँग
उ आफ्नो वह पोखिरहेछ
आफ्नो छात्तिलाई धितो राखेर
उ एकनास चिच्याउछ
पर्वाह कसैको नराखी
एक्लै एक्लै बर्बराउछ
उस्ले आफ्नो अभिमान धितो राखेको छ
यो शहरमा आफ्नो पहिचान बनाउन
अपसोच
लिलाम बिक्रीको सुचीमा उस्ले अफ्नो नाम दर्ता गरेको छ
बेहोसीमै बातमार्दै सडकसङ पिरती गाँसिरहेको छ
उस्ले आफ्नो नीद भुलेको छ
जिम्मेवारीको बोझ थेक्दा थेक्दै
यो सन्नाटाको कहालीलाग्दो भेलसङ
उस्को सत्यताको छाल उर्लिएको छ
सन्तानका रहर खुशीको लागि
उस्ले आफ्नो वह लुकाएको छ
सत्य बताउने आँट गर्न नसकि
उस्ले झुटाे मुस्कान बाँढेको छ
आफ्नै रहरहरु बन्धक राखेर
उ लिलाम बिक्री हुन चाहन्छ
बाँकी रहेको एउटा मुटु र एकमुठि सास त्यो पनि बेच्न चाहन्छ
आफ्नो पहिचान बनाउन फेरि पनि उ लिलाम बिक्री हुन चाहन्छ !!

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button