बुझ्नै नसकिने अज्ञात जिन्दगी ?

सुशील लामा

कोशिश हरुसँग संघर्ष गरेर बाँच्दा-बाँच्दैँ
रहरको कलीहरु…
उत्साहको उकालिहरु…
योजनाको खाकाहरु….
अनि मीठो सपनाको भाकाहरु….
आधा रातको आकाशमा
आधा भएको जुनलाई साक्षी राखेर
देह त्याग गर्न बिवस भएको छ ।

आकाश भरी छरिएर बसेको
शोकमग्न सोकाकुल भएको ताराहरु
बरबराउदैं लरखरिएर
पग्लिएको बादल सँगै
आँसु जस्तै बनेर बर्षिदिन्छ ।
रांम्चे खोलको बाडी बनेर बग्न ।

कर्तव्यबोध को ठूलो भारी बोक्दा-बोक्दैँ
पिँठ्युँभरी सधैं रहिरहने
साँच्चिकैको बिपनामा बनेको
क्रुर यथार्थले समेटेको
रातो-निलो दरखरेर बनेको कुरुप
नमिठो खत बसेको छ ।
मरेर सव बनेर जल्दैगर्दा
जलाउने घाटेहरुले सोध्छन् होला ?
के को दाग यस्को पिठ्युँमा यस्तो भनेर ?

प्रेमको जुईँनोले कसेर
मजबुत बनाएको मन-मस्तिष्क
केही बर्ष अगाडि घटित
वियोगान्तको दु:खद कथाको बाछिटाले
निथुक्र भिजाएर
छाता बिहिनको मनशुन जस्तै बन्दैछ जिन्दगी ।

सपनाहरू बादलको रंगि-बिरंगी बुट्टा बनेर
आकाश छुन उभो लाग्दा-लाग्दै
गर्जेको अबिस्वस्निय चट्यांङ्ग संगै
बिपना झरी बनेर बर्षिन्छ
झरी खोला,नदिको बाटो हुँदै,
सागर छुन पुग्छ ।
सागरको साथ किनारा
किनारामा मिलेर बसेको बालुवा
मेरो बहुलट्ठीपन
बालुवामा लेख्छु कथा-कविता मनको
क्षण भरमै
मेटाईदिन्छ बत्तेर आएको
समुद्रको लहरले ।

मानवीयता हराएको गल्ली अनि मरुभूमिमा
जरुवाको चिसो चिन्तनको
गर्दै गर्दा खोजी
जीबन पाक्को बन्दै गएकोछ ।
यात्रा क्रमशः छोट्टिदै छ ।
जन्म र मृत्यु बिचको
अनुभुतिको भकारी भरी
आँसु-हाँसो, दु:ख-सुखको
भण्डार नै बनेको छ ।
सुनाएर छैन केही फाईदा
नसुनाएर पनि हुने होईन केंहिँ बेफाईदा
आत्मसात गाँसिएको आत्मीयतामा
बषन्तको बहार होईन
शिशिरको काठ्यांग्रीने तुषारो जम्दैछ ।
खैं कस्तो हुँदैछ जिन्दगी ?
युग सँगै फेरिदैछ जिन्दगी ।
समय सँगै बदलिँदो रहेछ जिन्दगी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button