
तिम्रा कर्तुत लुक्दैन अब
लक्ष्मी पाठक
थिचेर घाँटी स्वर दबाउदैमा
दब्दैन उस्को अभियान
थाप्दछ बरु छातीमा गोली
झुक्दैन उस्को स्वाभिमान
तिम्रा कर्तुत लुक्दैन अब
सल्कि सक्यो काउसो
लागी सकेको छ दृढ़ निश्चय ली
संकल्प यो रास्ट्रको
भ्रमको खेती पराकाष्ठ बन्यो
अन्त्य छ निश्चिति जान
सामन्त तिम्रा स्वभावको महल
ढल्नेछ एकदिन
युद्धका नायक एक मात्र हुन्छ
सारथी जो छन जती
विद्रोह बाहाना अनेकौं होलान
कृष्णका अवतार बालेन हुनेछन एक्लै काफी !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)