
मनको पर्खाल खै केले भत्किन्छ ?
लक्ष्मी पाठक
पाँचखाल, काभ्रे
यहाँ डुङ्गाको पर्खाललाई डाेजर चलाइन्छ
मनको पर्खाल खै केले भत्किन्छ ?
थुन्न त बाँध कसेर थुन्छन मुहानलाई
मनको बहाव खै केले रोकिन्छ ?
पत्थरलाई कुँदेर मुर्ति बनाइन्छ रे
यो मन पत्थर किन बन्दैन ?
जल्ने त जल्छन बिना आगोले नै
चर्केको मुटुको मलम किन भेटिदैन ?
भन्न त भन्छन् मै ज्ञानी महात्मा
अब झुट् खोज्न जाँउ काँहा ?
सन्तले सब भरिभराउ थ्यो भने
चन्डाल किन भेटिन्छ्न पाइला पाइलामा??
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)