गजल: गणतन्त्र
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
हटाइयो राजतन्त्र जनहित गर्न बन्यो गणतन्त्र !
भुईं फुट्टा सब नेताको पेट भर्न बन्यो गणतन्त्र !
धर्म संस्कार लथालिंगै पार्यो व्यवस्थाले,
खप्न टिक्न गाह्रो खोलो तर्न बन्यो गणतन्त्र !
ऋण काढेर घिउ खान तँछाड मछाड गर्ने भए,
तिनकै कारण भड्खालोमा पर्न बन्यो गणतन्त्र !
खेतालाले चुड्की मार्छन् पराई घर छ दोषी,
देशको शासन तलतिर झर्न बन्यो गणतन्त्र !
नाम्ले-दाम्ले काम्ले बने देश जनता चुसी चुसी,
जवान युवा हुन नपाई छिट्टै मर्न बन्यो गणतन्त्र !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)