गणतन्त्रमा ‘यस्तै’ हो

बिचरो गणतन्त्र

पारस घिमिरे

जेठको महिना
उखर्माउलो गर्मी
हैन कतिसारो गर्मी हो!!
हेर, धारामा पानी नआको तीन दिन भो
मेरो मित्रले प्वाक्क बोल्यो
गणतन्त्रमा यस्तै हो!!

अर्थतन्त्र सिथिल छ, भन्छन
महगी बढेको साच्चै हो
जीवनयापन महगो भएको छ।
बेरोजगारी बढेेको छ
भ्रष्टाचार कति छ नि??
गणतन्त्रमा यस्तै हो,
अर्को बुज्रुक बोल्यो!!

खेतबारी बाझै छ्न
युबाहरु देशमा हैन
बिदेशमा छ्न
काम त सजिलो छैन नि
तर बिदेशिनु बाध्यता बनेको छ
उद्योग धन्दा बन्द छन् !
उत्पादन खेतबारिमा हैन
पसलमा छ, जो त्यही रेमिटेन्सले किन्छ।

धिक्कार छ हामीलाई
कृषिप्रधान भन्छौ
तर कृषिमै
परनिर्भर छौ
मित्रले फेरि दोहोर्‍यायो
गणतन्त्रमा यस्तै हो!!

हैन समाबेसिता, वाक स्वतन्त्रता
जातीय छुवाछूतको अन्त्य
महिला ससक्तिकरण,कानुनी राज्य
गाउँ गाउँमा सिंहदरबार भन्छ्न त!?
मैले मेरो मित्रलाई सोधे!!
उसले फेरि सहज जवाफ दियो।
यो बिल्कुल सहि हो
तर पहुँचवाला लाई मात्र
गणतन्त्रमा यस्तै हो

हुनत गणतन्त्र जन्मेको
डेढ दशक पुगिसक्यो
तर किन अझै तातेमात्र गर्दैछ??
किन सबैतिर पुग्न सकेन???

के
यसले अपजस मात्रै
लिनुपर्ने हो र?
यो नारा मात्रै हो कि
प्रबृत्ति पनि हो ?
ब्यवस्था मात्रै हो कि
ब्यबस्थापन पनि हो?
बिचरो गणतन्त्र !!!!!!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button