नजाऊ भन्छु जाउँ जाउँ गरी तन मेरो तानिरा’छ
वसन्त
ममता पौडेल
मञ्जरीको सुगन्धले मन मेरो मागिरा’छ
नजाऊ भन्छु जाउँ जाउँ गरी तन मेरो तानिरा’छ ।
पुतलीका नजर पनि त्यही बासमा तानिएझैँ
उराठ लाग्दो प्रकृतिमा नव यौवन भरी रा’छ ।
पालुवाले स्वागत गर्छ झारपात सबैलाई
पृथ्वीमा नवजीवन बसन्तले झारी रा’छ ।
पलपल नवीन जोस सृजनाको सिँचन गरी
प्रकृतिले धरातलमा ममता यो छरी रा’छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)