मानचित्र बन्छौ कल्पना मात्र गर्दा पनि

रूपा अधिकारी ‘आप्रशा’

आफ्नो जीवनको कुनै प्रवाह नगरी आमा बन्ने तिमि
हजार दुःख कष्ट सहेर सन्तानको खुशी भन्ने तिमि
प्रशब पीड़ाले छटपटी जीवन र मरणको दोसाधमा
सन्तान प्राप्तिसंग अंकमालमा रमाउने महान तिमि

दयाकि खानी ममताकि धनी मेरी जननी हौ तिमि
भगवान भन्दा माथी नजिककि साथी आमा तिमि
सुनसान लाग्छ माइती घर पनी आमा तिमि नहूँदा
हीरा-मोती भन्दा संसारकै अमूल्य धन आमा तिमि

मानचित्र बन्छौ कल्पना मात्र गर्दा पनि आमा तिमि
आफ्ना रहर मारेर सन्तानको रहरमा रमाउने तिमि
बाच्न त परको कुरा हाँस्न पनी कठीन आमा बिना
जीवनको हौसला र सन्तानको प्रेरणा आमा तिमि

मेरो जीवनको अनन्तसम्म केवल साथमा पाऊ तिमि
मलाई यसरी नै माया र आशीर्वाद दिदै रहनु है तिमि
स्वस्थ्य रहनु मेरी आमा सदा गर्दछु दीर्घायुको कामना
चाहना मेरो केवल खुशीले संसार जित्नु आमा तिमि


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button