
आमा! मसगँ छैन केही मेराे
मिरा पुडासैनी
तिमी नै आदि, तिमी नै नित्य
आमा तिमी शक्ति, तिमी नै हाैं सत्य
मेराे पहिलाे गर्भकाे बास तिम्रै,
पहिलाे मेराे गाँस पनि तिम्रै
धड्कियाे मुटु,चल्याे स्वास पहिलाे,शरीर भित्र तिम्रै
रगतकाे डल्लाे देखि याे स्थुल शरीर सबैकाे
स्वरूप मात्र हाे मेराे, छैन केही मसगँ भन्ने मेराे ।
गर्भकाे मेराे बास फेरियाे, जन्मेकाे घरकाे आश फेरियाे
नाम थर ,गाेत्र हुँदै , भुगाेल, परिधि अनि परिवेश फेरियाे
सृष्टिकाे सरँचना एउटै, प्रशवकाे बेदना पनि एउटै,
अंश म तिम्रै, गुनासाे रह्याे छाेरा झैं वशं बन्न पाईन ?
जन्म,कर्म, संस्कार सबै तिम्रै, तिमीसगैं सधैं बस्छु भन्न पाईन ।।
मेरा याे रङ्ग, रूप, गुण ,बैगुण सबै कण कण तिम्रै
निरक्षर तिमी भएर के भयाे , मेराे पहिलाे गुरु अनि ज्ञान तिम्रै
निश्वार्थ माया, सहनशिलताकि साक्षात देवी
तिमी थियाै जहिल्यै, मलाई तिमी चाहिँदा,
चाहेरै पनि हरपल , म तिम्राे साथ हुन पाईन ।
आमा बनिसकें , जन्माएकि छाेरीमा अचेल
हरपल पाउँछु तिम्राे जस्तै ममता अनि स्वरूप ,
छाेरी हुँदा दुखाए हुँला तिम्रा भावनाहरू
अझैं महसुस गर्दैछु म, आमा भएसि आफैं
चाहिंदैन केहि हरेक जन्म तिम्रै सन्तान बनिरहन पाऊँ
कठिन छ तिर्न ऋण, म बाँचुन्जेल आमा भनिरहन पाऊँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



