
बाहिर पकाई प्रसाद भनी खान्थे अरे पहिले
गजल
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
अँयर भँयर झाँक्री देउता मान्थे अरे पहिले पहिले,
बोका पाठी पूजा गर्न लान्थे अरे पहिले पहिले,
बराहको बास रैछ हाम्रै गाउँको वेलको फेंदमा,
यही गाउँलाई ठूलोबराह ठान्थे अरे पहिले पहिले,
तिम्सिना र बोगटी थापा रेग्मी क्षत्री घर्ती सबै,
पौडेल बाहुन पूजारी भै जान्थे अरे पहिले पहिले,
पूजासरजाम् बोकि जानु घरपिच्छेका १/१ जना,
अनिवार्य छ है सबलाई भन्थे अरे पहिले पहिले,
पूजा सकि कुरीयाको एकएक बिलो लगेपछि,
बाहिर पकाई प्रसाद भनि खान्थे अरे पहिले पहिले,
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



