नयाँ बर्ष आएर नि गएछौँ पत्तै भएन!

सुशील लामा

मलाई पुरानो-पुरानो बनाउदैँ
तिमी नयाँ बर्ष बनेर
पुनः फर्केर
वैशाख महिना बनेर आयौँ ।
थुप्रै-थुप्रै बर्षहरुको निम्ति बनेको
क्यालेन्डरको पानाहरु फटाए
जिबनको यात्रालाई छोट्याए
तितो-मीठो अनुभुतीको स्वादहरु चखाए
जिन्दगीलाई बुझ्ने कोशिशहरु गरे
दु:खको जांङ्गर तरे
सुखको खर्कहरुमा जिबनलाई बिसाए
तिमी फेरि नयाँ बर्ष बनेर आयौं
मलाई पुरानो-पुरानो बनाउदैँ ।

पहाडको कोखेलोमा
बषन्तको बहार सँगै जिस्कदैँ
रक्त-रंजित गुराँस फुले
थाक खोलको कंचनपानी
कालिको गहिरो गर्भको बाटो हुँदै
गंगालाई भेट्न निरन्तर बगिरहे
म किनारामा टोलिएर बसिरहे,
तिमी फेरी
नयाँ बर्षको नयाँ अंक बोकेर
फर्केर आए ।
नयाँ बर्ष…..
जिबन ले जवानिलाई छोडी सकेको छ ।
उर्जाशिल उत्साहको रंगहरु
बिस्तारै-बिस्तारै फिक्का भएको
महसुस हुँदैछ ।
तिमी फेरि नयाँ साल बनेर आयौँ
मलाई पुरानो-पुरानो बनाऊँदैँ ।

नयाँ बर्ष!
चैत्रको महिनाको अन्तिम रात
मलाई नरुचाउनेहरु
मलाई रुचाउनेहरु
मलाई घृणाको दृष्टिकोणले हेर्नेहरु
मलाई सहानुभूतिको नजरले देख्नेहरु
पटके मित्रताको खोल ओढ्नेहरु
जिबनलाई समाल्न सिकाउनेहरु
जिबनलाई बिगार्न उत्साह दिनेहरु
सबै-सबै आए
कोहिले जानेर नयाँ बर्षको गित गाए
कोहिले नजानेर पनि जानेको जस्तै बनेर
शुभकामना को गित गाए।
यस्तै गरि तिमी नयाँ साल बनेर
कति धेरै पटक मेरो जिबनम आए
तिमि पनि पुरानो बर्षहरु बनेर
मेरो जिन्दगीको साक्षी बन्दैँ
मेरो स्मृतिको धरोहर बनेरहे
म तिम्रो नयाँ उमंगको साथमा
जिऊँने कोशिशहरु गरिरहे ।
बर्ष तिमी नयाँ बनेर आयौँ ।
मलाई पुरानो-पुरानो बनाउदैँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button