
बा म पनि अब नयाँ पार्टी खोल्छु
प्रणय सुवेदी
थोरै कांग्रेसका ल्याउंछु
केही माओबादीका बोलाउंछु
अली धेरै रास्वपाका थुपार्छु
अलीअली एमालेका बटुल्छु
बा म पनि अब नयां पार्टी खोल्छु
देउबासंग सरकारमा जान्छु
… को फाईल खोल्छु
प्रचण्डसंग सरकारमा जान्छु
… को फाईल खोल्छु
केपीबासंग सरकारमा जान्छु
… को फाईल खोल्छु
जनतासंग जांदा यस्तै यस्तै बोल्छु
बा म पनि अब नयां पार्टी खोल्छु
राम्रो मै हुन पुरानाको
विरोध गर्छु
पद पाए पो काम हुन्छ भन्दै
भ्रम छर्छु
जान पाए सरकारमा म पनि
तिनीहरूकै पाऊ मोल्छु
बा म पनि अब नयां पार्टी खोल्छु
भित्र पुरानै रक्सी राखेर
बोतल यो नयां हो भन्छु
देख्दा देश हांक्ने झैं बन्छु
सत्ताको स्वाद चाख्नको लागी
पुरानै रक्सीसंग हामीलाई घोल्छु
बा म पनि अब नयां पार्टी खोल्छु
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)