रूपाको रोचक कथा ‘संघार’

संघार

रूपा अधिकारी ‘आप्रशा’
थली-५, काठमाडौँ

अमेष र सक्रियाको परीवारबाट कुरा छिनि मागी बिबाह नै भएको थियो । अमेष भारतमा पढ़ेर आचार्य बनि राम्रो कथा बाचक बनि समाजलाई मुर्त बनाउन प्रयत्नरत थिए। सक्रिया आधुनिक अनि पढ़े लेखेकि र सुन्दर थिईन।झट्ट देख्दा लोभ लाग्दो जोडि थीयो । बिवाह गरेको केही महीनासम्म उनीहरूको सम्बन्ध राम्रो थियो । बिस्तार-बिस्तार सम्बन्धमा दरार आउन थाल्यो र माया चिसीन थाल्यो । एक दिन एका-एक सामाजिक संजाल भरी समाजलाई मीठो धार्मिक ग्रन्थका कथा सुनाई हिडने एक युवा र देख्दामा सुन्दर धर्मगुरु अमेषले आफ्नो श्रीमतीलाई घरेलु हिंसा गरेको र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकोमा परिवारले आफुलाई साथ नदिएकोले पत्रकार सम्मेलन गर्नु परेको भनि मीडियामा आई आफ्नो सम्बन्ध बचाउको माग गरीन । तब विविध कुराहरू बाहिर आए । अमेषको चरित्रको पर्दाफास भयो ।

परिवारको कुरा जब सामाजिक संजालमा, मिडीयामा आयो, सबैले अमेषलाई गाली गलौच गर्न थाले । धर्मगुरु भएर अनैतिक सम्बन्ध राखने र श्रीमतीलाई घरेलु हिंसा गर्ने ढोगी गुरु भनी धर्मलाई मूछेर समेत प्रहार भयो । सम्बन्धमा दरार एकजनाको कारण मात्र आउदैन । सक्रियाको पनी केही कमजोरी होलान मलाई यद्यपि लागी रहेको थियो । श्रीमती मिडीयामा आई यति धेरै बोलीरहेको बेला अमेष किन मौन छन ? सबैले उनको प्रतिक्षा गरीरहेका थिए ।

आज अमेषले पनी मुख खोले तर कथा बाचनमा कथा माथी कथा जोड़ने व्यक्तिले आफ्नो जीवनको कथा ५/७ वाक्यमा टूँगाई “श्रीमती संग बिचार मिलेन माता पिता र श्रीमती मध्य एक रोज़्नु पर्ने बाध्यता आई परेकोले श्रीमतीको खुशीको लागी श्रीमतीलाई सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको हूँ । अदालतको फ़ैसला नआएसम्म सबै जना चुप बसी दिनुस “भनी उम्कन खोजे । अर्काकी छोरीलाई पारीवारीक सल्लाहले मागी बिवाह गरी ३/४ बर्ष स्वार्थ पुरा गर्न बिचार मिल्यो ? जब स्वार्थ पुरा भयो अनी बिचार मिलेन ? यही कहानी तिम्रो दीदी-बहिनीको साथ भयो भने ? तिमि के गर्छौ हे कथित गुरु ?? भनी अमेषलाई प्रश्न उठाईयो र सम्पूर्ण ठाउबाट कथा बाचनमा प्रतिबन्ध लगायो समाजले ।

उसले हालेको मुद्दाको अन्तिम सुनूवाई थीयो आज । उ माता पितालाई दोष देखाई उम्कन खोजेको थियो । मीडियाकर्मीले घेरीएको थियो । न्यायधीसले उसका बाबु सामू प्रश्न गरे “के तपाईहरूको सेवा कै लागी अमेषले श्रीमती त्यागन पर्ने बाध्यता आई परेको हो ? यदि हो भने, लोन मात्र देखाई हालीएको यो मुद्दा सक्रियाको राजी-खुशीमा नभएकाले, उसको माग अनुसारको रकम सम्पति दिने सर्तमा टुन्गने छ” न्यायधीसको निर्णयले रातो पिरो मुख पारी अन्तिम संघारमा अमेषका बाबुले भने ”हामीहरू त डाडा पारीका जून न हौ कहिले अस्ताउने हो के थाहा ! उनीहरूको सम्बन्ध बन्छ भने हाम्रा लागी दाऊ लगाउनू पर्दैन”।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button