
तिम्रो मेरो वार्तालापले केही हुनसक्छ
गजल
लीलाराज दाहाल
वाग्मती ११, कर्मैया, सर्लाही
तिम्रो मेरो वार्तालापले केही हुनसक्छ
कि त उसकै औँठाछापले केही हुनसक्छ !
समय मिलेको छ, सावधान हुनलाई
चोरहरुको हानाथापले केही हुन सक्छ !
मुस्कानको छ रक्तचाप नसा नसाभित्र
खुसी भन्दा सन्तापले केही हुनसक्छ !
लिएको छ आफ्नाले कस्को चिन्ता यहाँ
पराइ कै फलिफापले केही हुन सक्छ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



