शुभकामना जीवन विज्ञान

कविता शाक्य

जिवनबिज्ञान तिमी हरेक दिन ब्रम्ह्मुर्तमाआउ
जनजनको बिहानिमा ध्यानको शन्खनाद गर्दै जाउ।

जिवनबिज्ञान तिमि सुर्यको किरण बनी आउ।
हरेक स्वास भित्रको छालको तरङ्ग बनी छाउ।

जिवनबिज्ञान तिमी चराको चिरबिर संगै आउ।
हरेकको मुटुभित्र  संगीतको सरगम बनी गाऊ।

जिवनबिज्ञान तिमी फुलको पराग बनी आउ
प्रत्येक नस नाडी भित्र सुगन्धको बहार छर्कि जाउ

जिवनबिज्ञान तिमी बादलको पुन्ज बनी आउ
कुन्थियको मन भित्र चादिको फन्को बनी छाउ

जिवनबिज्ञान तिमी हावाको झोका बनी आउ
बिरक्तियको शरीर भित्र नया उर्जा बनी छाउ

जिवनबिज्ञान तिमी निस्चल सितको थोपा बनी आउ।
भड्कियको मन मस्तिष्क भित्र मोति बनी छाउ।

जिवनबिज्ञान तिमी हरेक सन्ध्याकालिनमा आउ
हरेक प्राणिको निदरिमा गहिरो ॐको नाद गाऊ


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button