तिम्रो मनको संसार नियाल्नु थियोे, मरिहत्ते गरेको तिम्लाई पाउन होइन

गजल

लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही

ओठमा हाँसो छरेको तिम्लाई पाउन होइन
प्रेमको साँघु तरेको तिम्लाई पाउन होइन !

पिडाको ठूलो भिरमा पुगेकी थियौ
हातै समाई हरेको तिम्लाई पाउन होइन !

जिन्दगीको डुङ्गालाई छोडी आएँ उतै
सागरबिच परेको तिम्लाई पाउन होइन !

तिम्रो मनको संसार नियाल्नु थियोे
मरिहत्ते गरेको तिम्लाई पाउन होइन !

म त रम्न चाहन्थें त्यहाँ पनि एक दिन
जुनमा पुगी झरेको तिम्लाई पाउन होइन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button