बसुधाको ‘विशेष दिन’

एक विशेष दिन

बसुधा अधिकारी

एकादेशमा जस्तै लाग्ने
सम्झनामा मात्र कुनै विशेष दिन
लजालु नयनभित्र
लपक्कै तरेली परेका
ती चोखा कमलहरुको
प्रेमिल बिम्बमा
लालिमय बनेको अनमोल क्षण
टहटह जूनको उज्यालोमा
रंगिन सिउदो छोप्दै
भूइं भरि छरिएका ताराहरु
मखमली पोल्टो भरी फुलाउदा
भावबिभोर भएको दिन
अनायासै लोलाएका नयन
धर्ती बनेर आकाष ओढेको दिन
आफैं भित्र एउटा आफैं सिर्जेको दिन
पूर्णताको आभाष भएको दिन
लाखौ मायाका टुक्राहरु समेटेर
सुन्दर मनहरु बनाएको दिन
एक विशेष दिन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button