
बिर्सेको छैन तिमी मेरो निम्ति भोको भाको दिनहरू
सम्झन्छु
दिपा तामाङ
म सम्झन्छु मेरो लागि उठेका तिम्रो हातको फोका
सबै कुराले सुसज्जित भएको तिम्रो प्रेमको पोका ।
बिर्सेको छैन तिमी मेरो निम्ति भोको भाको दिनहरू
भनन कति चोटी मेरो लागि एउटै लुगा लगायौ बरु ।
तिम्ले चील झैं उड्न मेरो पखेटालाई स्वतन्त्रता दियौ
मेरो गुँड संघर्षको सियो र सुविधाको धागोले सियौ ।
तिमी टाढा भए पनि तिम्रो प्रेमको साया छ दायाँबायाँ
हुन्छन् हरेक दिन तिम्रो आशु र पसिनाको धारा नयाँ ।
तिम्रो त्यागको यादले मेरो आँखामा आँशु छल्किन्छ
सूर्यसङ्गै तिम्लाई खुशी राख्ने सपनाहरु झुल्किन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



