ए मेरो देश तिम्रो साथ कहिले नछुटोस्

कविता

रसना ढकाल

ए मेरो देश
तिमी नभए म नेपाली हुने थिइनँ
तिम्रो आँगनमा म जन्म लिन पाउने थिइनँ
आज विश्वले हामीलाइ नेपाली भनेर चिन्छ
तिम्रै कारण हामीलाइ श्रद्धा गर्छ
कदापी देशप्रतिको माया विचलन नहोस्
अवस्थाले जहाँ पुराए पनि देश बिर्सने दिन नआओस् ।

ए मेरो देश
म धिक्कार छु, आफुलाई तिमीलाई धिक्कार सक्दिनँ
ए मेरो देश
तिम्रो जस्तो सुखको आँगन ठूला देशहरुमा पाउँदिनँ
ए मेरो देश
तिमी भएरै मैले नागरिकता पाएँ नेपाली
पहिचान हो तिमीले दिएको म बिर्सु कसोरी
ए मेरो देश
तिमीलाइ दुत्कारेर सुख म कहि पाउँदिन
क्षणिक सुख तर सुखभित्रको सुख कहिले पाउँदिन ।

ए मेरो देश
नेपालमा जन्मेर नेपाली होइन कसरी भन्छौ ?
विश्वमा जँहा गए पनि आखिर नेपाली भनेर नै चिनिन्छौ
ए मेरो देश
ठूला महल र अटारीमा बस्दैमा व्यक्ति सम्पन्न हुँदैन
माया मा तडपिन्छ उ सधै तर झुपडीमा वस्दैमा व्यक्ति विपन्न हुँदैन ।

ए मेरो देश
तिम्रो साथ कहिले नछुटोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button