स्वदेशमै पौरख, रास्ट्रको गौरव

देवका पन्थी

तिखारिएको मस्तिष्क र निखारिएको कलालाइ ओढेर
कहाँ जादैछौ युवा तिम्रो धरातल यो छोडेर
एकपटक आफुलाइ नियाली त हेर
तिम्रो नसा नसामा बग्ने रगत नेपाली हो
तिमीले फेर्ने हरेक सास नेपालकै हो

जवानी दियो,कला दियो..२
जिउने मनग्य सल्लाह दियो
तिमी भन्दैछौ मलाइ देशले के दियो?
कालो पर्दा आखामा राख्यौ कि,
अन्धकार नै पो देख्न थाल्यौ
भौतिक सुख र समृद्धिको लहडमा
एक्लो र सुन्य भविष्य लेख्न थाल्यौ

नभन मलाइ गाउँ फर्क भनेर..२
म त देशकै सेरोफेरो डुलेको छु
घाइतेलाई मल्हम,आफ्नै घरमा दाना हुलेको छु
गक्ष र दक्षले भ्याएसम्म
आफ्नै ठाउँ सिगार्दछु
न बेच्छु माटाे, न बेच्छु नाता
न त समाज बिगार्दछु

युरो र डलरको धनी तिमी..२
विदेशी भुमी किन्छौ रे
सोंच त गरिबै रहेछ तर
माहोल खोइ देशको भनी हिड्छौ रे
आफू मात्र होइन सङ्गै
सीप सारा बेची गयौ
परिवार, समाज र देशदेखी टाढा
बन्छौ सुखी तर कहाँ रह्यौ?

चिल्ला गाडी, गगनचुम्बी भवन,समुन्द्रको तटै पनि..२
लाग्छ फिक्का मुस्कान तिम्रो, छैन चयन त्यतै पनि
तिम्रो दर्द र पिडा म देख्न सक्छु
उडि जाने पन्छी तिमी उडेर नै गयौ
भावनाले मात्र कहाँ छेक्न सक्छु

दयनिय भन्छौ शिक्षा अनि स्वास्थ्य..२
तिम्रो पनि रोलै होला
सिक्यौ सभ्य बन्न र सिस्टमले चल्न
त्यसको पनि त मोलै होला
सुन्छु स्वर्ग छ रे तिमी बस्ने मुलुक
सिकेर केही त आउँ न
मेरो रास्ट्र मेरो गौरव कोही नारा लाउँ न
साक्षी छ ईतिहास बाहिरिए कहिले पौरखहरु
लाजमर्दो भै गो अहिले सकिए ती गौरवहरु

गाउँ सुन्य शहर सुन्य ..२
शून्य छन् स्कुल र कलेजहरु
स्वदेशमै पौरख रास्ट्रको गौरव
खाँचो छन् तिम्रा नलेजहरु
फर्क युवा स्वदेश अब
पर्खिएछौँ तिर्सनाले
प्रकृति छ सुन्दर, रास्ट्र छ स्वर्णिम
सिङ्गार न तिम्रा सिर्जनाले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button