
बुद्ध बन्नु हाँसो मजाक हुन्छ आजकल
मुक्तक
एक्लो प्रितम खड्का
तिलोत्तमा-०९ रुपन्देही
सिर्जनाको एउटा मुहान तोडेर आयो,
शान्तिको खोजमा टाउको फोडेर आयो ।
बुद्ध बन्नु हाँसो मजाक हुन्छ आजकल,
उ त आफ्नो विचार धारा मोडेर आयो ।।
परिस्थिति सब आफ्नो अनुकूल बनाएर,
मेरा दुबै नयन आँसु बग्ने मूल बनाएर ।
हाँस्दै तिमी रमाइ उत्सव मनाउँदै छौ अरे,
मलाई काँडा आफ्नो भागमा फूल बनाएर ।।
फेरियो त नि तिम्रो आनिबानी किन होला,
बन्न चाहँदिनौ आँखाको नानी किन होला ?
घरीघरी डर लाग्छ तिम्रो बानी व्यबहारले,
आफ्नै मात्र गर्छ्यौ मनोमानी किन होला ??
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



