तिमीबाहेक अर्कीको कल्पना गरेको छैन

हाम्रो सामीप्य

शीतल गिरी

तिमीसित सामीप्यको कथा
धेरै पुरानो भइसक्यो
याद छैन
कुन बेला कहाँ कसरी परिचय हुन गयो
गम्भीर अनुहार भएकी
स्पष्ट दृष्टिकोण लिएकी
तिमीबाहेक अर्कीको कल्पना गरेको छैन मैले
कालखण्डकै आधारमा हेर्ने हो भने
तिम्रो संझना एउटा रमाइलो प्रसङ्ग लाग्छ
तिम्रो प्रतीक्षामा जब म रहन्थे
मस्तिष्कमा उत्पन्न उत्तेजना र स्तब्धताको अनुभूती
यद्यपि उतिकै आकर्षक लाग्छ अहिले पनि
कहाँबाट सुरु गरूँ ?
व्यथाहरू उम्लिएका छन्
कति जीवन्त र यथार्थ
हाम्रो सामीप्य ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button