दुई फक्लेटाः म यहाँ छु, तिमी परदेशमा

दुई फक्लेटा

विनिता थोकर ‘शीतल’

बाग्लो बस्तीको एक कुनामा
एउटा बाँसको घर छ
घर बनाउन बाँसलाई
दुई फक्लेटा गरी प्रयोग गरिएका छन्
फक्लेटाहरु सँगै छन्
एउटै धरातलमा उभिएको छ
एउटै ओतमुनि
फक्लेटाहरु सँगसँगै छन् ।

त्यो घर हाम्रो हो
हामीले एउटै धरातलमा उभिन घर बनायौं
एउटै छतमुनि हुन घर बनायौं
सँगसँगै हुन घर बनायौं
हामी दुई एक भएर घर बनायौं
बिडम्बना,
यहि घरलाइ बचाउन
एक हामी दुई फक्लेटा भयौँ
म यहाँ छु
तिमी परदेशमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button