होहल्लाले भरिएलान् तिम्रा कानहरु

आवाज

साक्षी तिवारी
स्नातक तह, चौथो वर्ष, राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा ५, मणिग्राम

तिमी आवाज दिनु
तिम्रो आवाज नै तिम्रो परिचय हो
पाउँछौ होला कतै तिमी कतै घृणित व्यवहार
तर
त्यो आवाज बन्द नगर्नु तिमी
केवल आवाजले आफ्नो दृश्य कल्पना गर्ने कोसिस गर्नु ।

कस्तुरी हौ तिमी
आफ्नो आवाजलाई निरन्तरता दिनु
पर्खालका बाधाहरु तिमी सामु खडा होलान्
तर
तिमी पर्खाल चढिदिनु,अनि आफ्नो इज्जत नत्याग्नु
मात्रै आवाज दिनु ।

अपहेलना तिरस्कार नसहनु तिमी
तिम्रो आवाजबिना पनि तिमी नै हुनेछौ
तिमीलाइ सम्पुर्णरुपमा प्रेम नगर्लान्
तर
तिम्रो आवाजसँग पक्कै प्रेम गर्नेछन् ।

म आवाज दिन खोज्छु
मेरो आवाज पुतली बनिदिन्छन् अनि उडिदिन्छन्
उनको आवाज सुन्छु, उसको आवाज सुन्छु
अनि ती आवाज एकआपसमा ठोकिन्छन् अनि कोलाहल हुन्छ्न् ।

होहल्लाले भरिएलान् तिम्रा कानहरु
कुनै आवाजलाई पनि आफ्नो आवाज सुन्नु
धोत्रो होस या नम्र
वनमा उडिरहने मैनालाई सुनको पिंजडामा
थुने जस्तो नहुनु तिमी
स्वतन्त्रतामा अडिकरहनु
तिम्रो ह्रदय, तिम्रो सोच, सपना, रहर, तिम्रो घमण्ड
तिमीसँग छ भने
तिम्रो आवाज पनि तिमीसँग छ ।

कहिलेकाहीँ भित्तामा ठोकिनेछन् तिम्रो आवाज
तिम्रो ती आवाजमा नक्कली जलप नलगाउनु है
तिम्रा आवाजलाई छल्न पनि खोज्लान्
तर
संगाल्नु तिम्रो आवाजलाई
कदमकदममा बहुरुपी मान्छे भेटिनेछन् ।

आफ्नो आवाजसँग तिमी आफै प्रेम गर्नु
तिम्रो आवाज अरु कसैसँग पनि जुध्नेछैन
बन्द होलान् ती आवाजहरु
आफुलाई चडकन लगाउनु
तर
आवाजलाई निरन्तरता दिनु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button