मनका कुमारी फूलहरू

रविन्द्र केसी

तिम्रो
उन्मादको त्यो आगोमा
खरानी भए मेरा मनका कुमारी फूलहरू
सम्झेका छौ र तिमीले ?
जुनेली रातमा चन्द्रमा स्पर्श गर्दा
तिम्रा बाचा, कसम र बहकाउमा
मैले चढाएका मेरा
आस्था, विश्वास र भरोसाका फूलहरू
सपना, बिपना र कल्पनाका ती जुनहरू
तर निर्धक्कसंग
तिमीले खेल्यौ र गिजोली रह्यौ सधै मलाई
र पनि म फूलिरहे
तिम्रै वरिपरि सत्यनिष्ठा र असीम प्रेमले
हो !
म तिम्रै लागि
पलाउथें, मौलाउथें र फूली रहन्थे
तिम्रा खुसीमा म मेरो ज्यानै लुटाउथे
तिमी आउथ्यौ छदम भावले

खेल्थ्यौ मेरो रुप, यौवन र भावनासंग
मेरा निश्छल ईच्छा, आकांक्षा र रहरसंग
आखिर
मेरा भ्रमहरू न रहेछन् !
टुटनै थियो र ती टुटे एकदिन शीसा जस्तै
तर मेरो प्रीय मान्छे
दोषी देख्न सक्दिन म तिमीलाई
मेरो निश्चल मायामा तिमीले घात गरे पनि
अघाएर मेरो देह सँग तिमी अन्त रमाए पनि
तर डर लाग्छ
आखिर तिमी त पुरुष !
तिमीहरू त यसैगरी निर्दोष भई रहने छौ
र बिना कसुर
तिम्रो त्यो उन्मादको आगोमा
अझै डढने छन् कति निर्दोष कुमारी फूलहरु !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button