यहाँ कसैलाई कसैको दवाव छैन

भावना कटवाल
सुनकोसी, ओखलढुंगा

१.
तिम्रो त्यो घमण्ड नत टिक्छ न त बिक्न नै सक्छ
हिजो भन्दै थियौ, न त मलाई घर चाहिन्छ न परिवार चाहिन्छ
आज पो तिमीसंग उमेर छ, सम्पत्ति छ, बलवान् छौ त
जस्तो रोप्यो त्यस्तै फल दिन्छ बुझी राख्नु
तिमीलाई पनि त बुढेसकालमा साहरा चाहिन्छ ।

२.
तिम्रा ती दजानौं अनेकौं रुपहरु नदेखाउ
वचनका वाणका जघारहरु नर्तेसाउ
अन्याय भयो भने अदालत जाउ, न्यायाधीशकामा जाउ
धार, कुवा, पधेरामा कुरा काटेर बस्नु भन्दा
खान पकाउ खाउ बरु पेट फुलाउ ।

३.
ठूलो काम गरे भनी खोक्दै नहिडनु
यहाँ कसैलाई रुवाएका छौ कसैको मन दुखाएका छौ
जीवन भरी भुल्नै नसक्ने चोट पुर्‍याएका छौ
र पनि आफू महानता छु भन्ने घमण्ड किन?
आज पो तिमी दिनहु केबलकार चढेका छौ त
एक दिन त तिमी पनि अवस्य बाँसमा चढ्ने छौ ।

४.
नाता तोड्छौ भने तोड्दा हुन्छ
यहाँ कसैलाई कसैको करकाप छैन्
सम्बन्ध टिकाइ राख्नु पर्छ भने जरुरत छैन्
बेलाबेला घुर्की लाउदै हिड्छौ किन?
आफ्नै चाहना अनुसार पनि त चल्न सक्छौ
यहाँ कसैलाई कसैको दबाब छैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button