आफैसँग हारिसक्यौ, जित्न के छ बाँकी ?

लक्ष्मी मैनाली पाठक

रित्तिएका ढुकुटीलाई भर्दै माना पाथी
सम्हालेका जीवनका थोपा थोपा अंश
जतन गरी सजाएको जीवनको नासो
रित्याएर आफैलाई भरिदिदा रङ्ग ।

न त कुनै स्याबासी थ्यो न थ्यो आलोचना
सुनेनन खै यि कानले मनका ती वेदना
आफ्नै भागको अमृतधारा बगाएर कतै
दुख लुक्ने फुलबारीको गोडमेल गर्दा अझै ।

चिथोरेनन् कि काँडाहरुले कैयन घुम्ती मोडमा ?
पिरोलेनन् कि व्यथाहरुले कोमल ह्रदयमा ?
पत्तै पाउन सकिएन कति घाउ लाग्यो
सम्हालेका यी मनका कोमल इन्द्रियमा ।

कति दियौ खै तिमीले लिनु कति लियौ ?
विश्रामस्थल तिम्रो मनले कति शान्ति पियौ ?
यहि चक्र अझ कति घुम्छ तिमी माथि
आफैसँग हारिसक्यौ, जित्न के छ बाँकी ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button