
बागमती ओर्लिएर समुन्द्रमा कहिले पुग्दो हो
गजल
सुमन घिसिङ
मण्डन देउपुर, न.पा. १, काभ्रे
बागमती उर्लिएर समुन्द्रमा कहिले पुग्दो हो
समुन्द्र उडेर आकाशमा कहिले पुग्दो हो ।
जीवन भनेको यस्तै रहेछ सुखदुःख साथी
हिड्दा हिड्दै चप्पल झैँ जिन्दगी कहिले चुड्दो हो ।
हिजो पासपोर्ट बनाएँबाट आमा चिन्तिन छिन्
बुढ्यौलीको साहरा छोरो कहिले छुड्दो हो ।
ऋण खोजी जसोतसो खाडी पुगियो छोरो
साहु सोच्छ, तिनले पैसा कसरी तिर्दो हो ।
छोरो गए, दुख, पिर, गर्मीले उतै मरे
बिचरी आमा जीवन कसरी चलाउदो हो ।
आत्मसात हामी बेचिने कहिलेसम्म हो सरकार
कहिल्यै जन्म नभैदियोस् गरिब सोच्दो हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)