घाम ढल्केर जुन उदाउँदा म नहुन सक्छु

युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत

छिटो आउ पछि आउँदा म नहुन सक्छु
घाम ढल्केर जुन उदाउँदा म नहुन सक्छु ।

लागेका तीता मीठा कुराहरु अहिले भन
भन्न मन लागेर सम्झाउँदा म नहुन सक्छु ।

दिल बन्दगी छ मेरो छोडेर अरु माग केही
मागेर पनि खुशी अन्माउँदा म नहुन सक्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button