प्रिय कल्पना र सपना अझै साथै छन्

पवनकुमार बुढाथोकी
काठमाडौं

जसरी नि बाँकी जिवन त जिउनु छ
फाटेर थाङना भएको मन सिउनु छ
थाहा छ यो पदार्थले राम्रो गर्दैन भनेर
आँखै चिम्लेर पनि यस्लाई नै पिउनु छ ।

थाहा छ सपनी तिमी पनि देख्छेउ
हाम्रो कहानी संझी संझी लेख्छेउ
भावीले लेखेको कुरा त मेटिदैन रे
हाम्रो हातमा के नै छ र छेख्छेउ त ।

तैपनि आशा चै हाम्ले पनि मार्नु हुँदैन
आफ्लाई हाम्ले अप्ठ्यारोमा पार्नु हुँदैन
प्रिय कल्पना र सपना अझै साथै छन्
त्यसैले हम्मेसी जीवनदेखि हार्नु हुँदैन ।

बास टाढा भए नि मन चै नजिक पारूँ
उर्वर हृदयमा राम्रा राम्रा भावना सारुँ
यस्तो कुरा चित नबुझेको खण्डमा त
मनमा रहेका कसिङर नै राम्ररी झारुँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button