बतास पनि तिम्रै मात्र याद बोकेर आउँछ

याद

सुप्रिया खनाल

प्रिय हेरन
जस्तो तिम्रो र मेरो
पहिलो भेटमा
मन्द मन्द बर्सिरहेको थियो
ठ्याक्कै त्यस्तै झरी
याद छ तिमीले मलाई
तिम्रो त्यो न्यानो
विनसिडर ज्याकेट भित्र
खुसुक्क लुकाएका थियौ
अनि त्यो मिठो स्पर्शले
आफ्नो प्रेम फुकाएका थियौ ।

सम्झन्छु तिमीलाई
यो मनले छुट्टै उन्माद बोकेर आउँछ
बाहिर चलिरहेको यो चिसो बतासले पनि
तिम्रै मात्र याद बोकेर आउँछ
के लाग्छ तिमीलाई, भुलेँ मैले ?
अहँ आजसम्म तिमीलाई
भुल्न सकेकी छैन
तिमी त बाँधियौ अर्कैको अंगालोमा
म त पराईको बगैंचामा
फुल्न सकेकी छैन ।

हरेक कुराको समाधान बन्यो
मन दुखेको दबाइ भएन
प्रेम सच्चा थियो मेरो
तर त्यसको सुनुवाई भएन
अब त लाग्छ
जिन्दगीमा कोही त्यस्तो
खास नहोस्
मन हो दुख्छ
तर जसको लागि दुख्छ
उसलाई कत्ति पनि
आभास नहोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button