पोलेको घाउमा नुनचुक मात्रै छर्ने छन् दुनियाँमा

सुरेन्द्र लामा

न्याउली चरी गाउँछिन् अचेल बिरहको गीत हजुर
मनको बह पोख्न मैले कसलाई लाउने प्रित हजुर
जितेर नि हार्न जानेको मान्छे मै रहेछु दुनियाँमा
हार्न कोही खोज्दैनन् यहाँ चाहान्छन जित हजुर ।

जुराइ दिएमा बिधाताले शितल चौतारी कि त हजुर
बलेको आगो ताप्ने यो स्वार्थी संसारको रित हजुर
जे जति आशा गरेनी निरशामा परिणत हुन्छ
अरुको भलाे चाहान्नन् मतलब छ आफ्नै हित हजुर ।

मलम लगाएनी आभास हुन्न बिहानीको शीत हजुर
बिलय भयो शिथिलताले प्रेमिल जोडीको धित हजुर
पोलेको घाउमा नुनचुक मात्रै छर्ने छन् दुनियाँमा
जानीजानी बनाउँछन् यहाँ जिउँदो लास र मृत हजुर ।

हो झै लाग्छ जो भेटिएनी आफ्नै आफन्त र मित हजुर
अङ्गालोमा बेर्दै रोप्छन छुरा गरेझैँ मनबाट प्रित हजुर
न्याउली चरी गाउँछिन् अचेल बिरहको गीत हजुर
मनको बह पोख्न मैले कसलाई लाउने प्रित हजुर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button