मेरो प्रेमपुर भक्तपुरमा प्रेम नामको त्यो ताण्डवनृत्य
मोहन के. श्रेष्ठ
केही दिनपछि रश्मिले फेरि मलाई फोन गरिन् ।
म ज्योतिकी छोरीलाई भेटन् आतुर छु । कमलविनायकको कफीसपमा जाँदै छु । कमलपोखरीको वरिपरि । कफीसपमा रश्मिसँग ज्योतिकी छोरी प्रिया आएकी छिन् । रश्मिले मलाई उनकी मम्मी ज्योतिको मिल्ने साथी भनेर चिनाइदिइन् । मैले उनको तलदेखि माथीसम्मैको जिउडाल नियालेँ । बिछट्टै फोटोकपी भन्न मिल्छ उनलाई ज्योतिको । म हेरेको हे¥यै भएँ ।
टेबुलमा कफी आइपुगेको थियो ।
अङ्कल, कफी लिनसू्न !
म झस्किएँं । चौँतिस वर्षअगाडि फर्किएँ ।
चिया लिनसू् !
उनकी आमाले भनेकी थिइन् । मलाई एउटा चिया पसलमा भेटेको बेलामा । उमेर तेह्र वर्ष नै । छोरी दुरूस्त आमाजस्तै चुलबुले । यतिखेर म उनकी आमासँग छुइनँ । म अङ्कल र उनी मेरी छोरीजस्ती ।
मैले उनकी आमाका बारेमा सोधखोज गर्न त्यत्ति मनासिब ठानिनँ । कफीसँगै छोटो मिठो गफ गरेर म त्यहाँंबाट विदा भएर हुत्तिएँं । रश्मिले हामी दुईजनालाई भेटाइदिएर मात्र गएकी थिइन् । उनको र मेरो छोटो भेटले मलाई हाम्रो जीवनका धेरै पन्नाहरु सम्झाइदिएको थियो ।
उही हाम्रो भर्खरैको जवानीमा पु¥याइदियो यस भेटले । तर समय निकै फरक भैसकेको छ । म उनलाई छोरीजस्तै ठान्छु । अनि म उनकी मम्मीको मिल्ने साथी अङक् ल रे । सही थियो ।
छोटो मिठो भेटघाटपछि म त्यहाँंबाट हिँडेँं । मेरो खुट्टा मानौँं उडिरहेका छन्जस्तो भयो । मनमा अनेकाँैं तर्कनासँग दतात्रय, सुकुलढोका हुँदै दरवार स्क्वायरमा आइपुगेँं । एक छिन पाटीमा टोलाएर बसिरहेँं ।
लामो पाटीमा अरु मान्छेहरु पनि लस्करै बसेका छन् । म भने आफ्नै सुरमा सोच्तै छु । भूपतीन्द्र मल्लको सालिकजस्तै मेरी ज्योतिको सालिक पनि उभिरहेको छ । भौतिक रुपमा भने होइन । मेरो आत्माभित्र ! यतै कतै आत्मामा बसेर चियाइरहेकी छिन् मलाई मेरी उनीले ! गल्ली गल्ली, चोक चोक डुल्दै म भुलिइरहेको छु । सम्झना बनी मलाई अँगालिरहेको छ । मनमस्तिष्कमा सुन्दर नृत्य नै गरिरहेको छ उनको छविले ।
प्रेम नामको त्यो ताण्डवनृत्य । यस धरतीको भक्तपुर मेरो प्रेमपुरमा !
(श्रेष्ठको भर्खरै प्रकाशित उपन्यास ‘माया मिस्ट्री’बाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)