मुस्कानको एक अंश हैन, मुस्कुराउनुको कारण बनाएर राख

रोशनी कटवाल

मलाई सुनको बाकसमा हिरा बनाएर हैन
मनको आकाशमा सधै चम्किरहने तारा बनाएर राख
मुस्कानको एक अंश हैन, मुस्कुराउनुको कारण बनाएर राख ।

मलाई गलत समयमा भएको आगमन हैन
गलत समयलाई सहि बनाउने प्रतिज्ञा बनाएर राख
तिम्रै त हुँ म, मलाई बाध्यता हैन
तिम्रो चाहना बनाएर राख ।

मलाई सुखमा सज्जित रानी हैन
दुखमा घस्ने खरानी बनाएर राख
खाली समयमा आउने याद हैन
मेरो यादमा खाली हुने समय बनाएर राख
जीवन अर्पेकी छु तिमीलाई
सित्तैमा पाएको धन हैन, उपहार बनाएर राख ।

घडी उपहार दिएथ्यौ तिमीले, सायद समय चै बाटोमै झरेछ
घडीको टिकटिक त पाएँ, तर तिम्रो समयको आभास पाइनँ
त्यसैले, मलाई घडीले कैद गरेको नाडी होइन
मायाले कैद गरेको अपराधी बनाएर राख ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button