शेक्सपियरले ‘भेनिसको ब्यापारी’ नकोरेको भए मासु र रगतको मूल्य नै बुझ्ने थिएन

मोहन के श्रेष्ठ

राम्रा पुस्तकहरुले दराजमा बसेर स्वर मचाईरहेको हुन्छ । एउटा बिद्वान महासयले भनु हुन्थ्यो ।

साच्चै, डांडा पाखाका माया प्रेमका कथाहरु, बिछोडका ब्यथाहरु, गाउँ शहर अनि बजारका परिघटनाहरु जीवन जगतका रंगिन आभासहरु पुस्तकमा नकोरेको भए कसरी हराएं होलान ? ओहो ! सोच्न नै पनि गाह्रो रहेछ ।

समुन्द्रमा त्यो बूढो माझिले डुङ्गा भन्दा ठुलो माछा मार्ने अदम्य साहस अर्नेस्ट हेमिङ्वेले “बुढो मान्छे र समुन्द्र” नामक पुस्तकमा नलेखेको भए कस्ले पो थाहा हुन्थ्यो र ? जीबनमा त्यतिका तागत छ भनेर ।

जमिला पात्र नजमाएको भए समाजमा साथ र प्रेम पनि केही हो, मात्र बिबाहले त्यो पुर्ती हुन सक्छ र ? भने जस्ता समाजको ऐना चिनगिज आइतामातोभले “जमिला” मा नदेखाई दिएको भए सायद मानवीय आबश्यकता र संवेदना नबुझेकै हुन सक्छ ।

चिनगिज आईतामातोभले नै “प्रथम गुरु” नलेखेको भए सच्चा मान्छे कस्ता हुन्छन भनेर कसरी पो जाने ?

नारायण वाग्लेले किम हं ! भनेर “कोरियाना कफि गफ” मा नकोरेको भए कोरियामा किम छ भने कसरी थाहा पाउने ? अनि नारायण वाग्ले कै “पल्पसा क्याफे” को पल्पसा पात्रको देहान्त कसरी भयो भने कुरा कसरी बुझ्ने ?

जीबनको घाचर घोचर कसरी थाहा पाउने ? बिबेक शानभागले “घाचर घोचर” नकोरेको भए ।

“लिलिलाई पत्र” नामक आलन म्याकफार्लानले पुस्तक नलेखेको भए मानव बिज्ञान बुझ्न सकिएला र ?

शेक्सपियरले “भेनिसको ब्यापारी” नकोरेको भए मासु र रगतको मूल्य नै बुझ्ने थिएन ।

खैर ! यावत कुरा प्राण भरेर पुस्तकमा कोरेको हुन्छ । ती पुस्तकहरु पढिन्छ र जीवन जगतका केही कुराहरु बुझिन्छ । साच्चै पुस्तक नै नहुदो हो त के पो होला र ।

उफ ! म संग सोच्ने आंट छैन । सायद म फेरि उहीँ पुरानो जमानाको जंगलमा पुग्छु होला । अर्को जनावरको आक्रमणको लागि तयारीमा हुन्छु होला । जसरी नेहरुको “छोरीलाई चिट्ठी” मा मानबको बिकास क्रमलाई औल्याएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button