यो मनलाई ब्यबहारले जित्यो, तराजुमा प्रेमलाई परिवारले जित्यो

तराजुमा प्रेम

लक्ष्मण खतिवडा
बिर्तामोड, झापा

आज यो मनलाई ब्यबहारले जित्यो
तराजुमा प्रेमलाई परिवारले जित्यो
अचम्मै भयो कहिल्यै नभएको भयो
आज स्वयं जीतलाई पनि हारले जित्यो

मैले त मिठै स्वरमा बोलाएथेँ मित्र भनि
उसको “के?” भन्ने प्रश्नको प्रहारले जित्यो
यत्तिका बर्ष लगाएर मन दह्रो बनाएको थिएँ
के गर्नु हजुर, आज उसको सवारले जित्यो

महंगी पनि कत्ति बढेको हो यो देशमा
सम्बन्धलाई पनि सुनको हारले जित्यो
आफ्नो धरातल भुल्नु हुन्न भन्थिन् आमा
भुलेछु म गाउँलेलाई सहर बजारले जित्यो

भोट हाल्न हिँडेका पैदलहरुलाई कारले जित्यो
थाहा पायौ? फेरि पनि त्यहि सरकारले जित्यो
अचम्मै भयो कहिल्यै नभएको भयो
आज स्वयं जीतलाई पनि हारले जित्यो !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button