उध्रिएको जिन्दगी सिउन कहिले धागो हरायो कहिले सियो
वसन्ती थापा
म देख्ने भएर नि नदेख्ने रैछु,रङ्गिन दुनियामा बोलाएर.
अज्जुली पनि भरिदैन होला,खुशी मात्र केलाएर।
भन्थे टुटेर नि मुस्कुराउनेलाई जित्न सकिदैन
फलामलाई नि त पिट्छन् हजुर आगोमा जलाएर
सम्बन्ध धागो जस्तै कमजोर हुन्छ विश्वासमा अडेको
तर मन दुख्दाको मौनताले जान्छ क्षण भरमै टुटाएर
थाहा थियो एकदिन सब कुराको अन्त्य हुन्छ भनेर
केही सीप लागेन आखिर चिना हेराएर.
उध्रिएको जिन्दगी सिउन कहिले धागो हरायो कहिले सियो
जब दुबै भेटे गयो आखिर जिन्दगी नै हराएर।
मन मरेपछि, फेरि अर्को मान्छे मन कसरी पर्छ?
मनको घाटी निचोर्न पाए,किन हिड्छ आँखा डुलाएर
अब त पैताला सेक्न थालेछु यो मुटु जलाएर
फेरि पनि मौनतामै हराएछु
आउदैन काल हजुर हामीले बोलाएर…
अज्जुली पनि भरिदैन होला, खुशी मात्र केलाएर…
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)