यादले रुवाएको छ मलाई
मेरो प्रेम
प्रशंसा अधिकारी
हुन त मलाई गृष्मको भेलले भन्दा बढी
तिम्रै मायाको आँधीले नमज्जाले बगाएको छ
मलाई मनसुनको वर्षातले भन्दा
तिम्रै यादले रुवाएको छ
अनि शिशिरको तुसारोले गर्दा दिएको ठण्डी जस्तो विवशता र बाध्यतालाई
तिम्रो स्पर्शले न्यानोपनको आभाष गराएको छ ।
आफ्नाको परिभाषा थाहा छैन तर तिमी आफ्नो लाग्छ,
मायाको मतलब बुझेको छुइन
तर यो मतलबी संसारमा तिम्रै माया विशेष लाग्छ,
ए प्रेमी !
म अब अरु रुमल्लिन चाहन्नँ तिम्रो मायाकाे एकतर्फा नदीमा,
अरु डुब्न चाहन्नँ तिम्रो मोहनी महासागरमा,
किनारा लगाइदेऊ यो दृष्टिहिन मन भएकी तिम्रै पागल प्रेमिकालाई,
नत्रभने,
उसैको शुरमा संगीत भरिदेऊ,
अनि तिमीसँग साँचेका स-साना पलहरुसँगै बिताइदेउ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)